बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु

मङ्गलबार, ३० असोज २०७५, १६ : ३२
मङ्गलबार, ३० असोज २०७५

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु भएको छ । उनी क्यान्सरका बिमारी थिए । 

सन् १९७० को दशकमा एलेनले आफ्नो बाल्यकालको साथी बिल गेट्ससँग मिलेर माइक्रोसफ्टको स्थापना गरेका थिए । 

पछिल्लो समय उनी माइक्रोसफ्टबाट बाहिरिएर समाजसेवामा केन्द्रित भएका थिए । फोर्बका अनुसार एलेनको कुल सम्पती २०.३ अर्ब अमेरिकी डलर थियो । 

एलेनले दुई हप्ता अघि मात्रै नौ वर्ष ठीक भएको आफ्नो लिम्फोमा (ब्लड क्यान्सर) बल्झिएको बताएका थिए । ब्लड क्यान्सरमा रगतको श्वेत रक्त कणमा असर पर्छ । यसले गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता नष्ट हुन्छ । 

पछिल्लो समय एलेन आफ्नो व्यवसाय र समाजसेवाको काम वल्कन इंक नामको कम्पनीबाट संचालित गर्थे । उनी एलन इन्स्टीच्युट अफ साइन्टिफिक रिसर्चमा पनि उक्तिकै सक्रिय थिए । 

एलेन खेलकुदमा पनि उत्तिकै चाख दिन्थे । उनले अमेरिकामा दुई खेलकुद टीम सिएटल हस्क(फुटबल) र पोर्टल्याण्ड ट्रेल ब्लेजर्स(बास्केटबल) किनेका थिए । सिएटल साउण्डर्स नामको फुटबल टीममा पनि उनको हिस्सेदारी थियो ।

एलेनले सन् १९८३ मा माइक्रोसफ्ट छोडे पछिनै वल्कन नामको कम्पनी बनाएका थिए । एलेनको मृत्यु पछि वल्कनले जारी गरेको बयानमा भनेको छ, “संसारको सबैभन्दा कठिन चुनौतीहरु सुल्झाउन उनको गजबको प्रतिभा थियो । उनको रचनात्मकता र नयाँ चीज गर्ने उत्साह सधैं सम्झनामा रहनेछ । ”

त्यस्तै उनले निर्माण गरेको कम्पनी माइक्रोसफ्टले पनि पलको मृत्युमा वक्तव्य जारी गरेको छ । त्यसमा भनिएको छ, “हाम्रो कम्पनी ,समग्र प्रविधि उद्योग र समुदायको लागि एलेनको योगदान सधैं स्मरण गरिनेछ । माइक्रोसफ्टका सहसंस्थापकको रुपमा उनले चमत्कारिक उत्पादन बनाए । उनको श्रीजनाले संसार बदलिदियो । ”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप