मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटनामा १२ जना घाइते

मङ्गलबार, ३० असोज २०७५, १६ : ०१
मङ्गलबार, ३० असोज २०७५

चितवन– भरतपुर आँपटारी देवघाट सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । 

देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो । 

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा तीस जना सवार थिए । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सिटी बस चालक फरार रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप