मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देवी देवताको प्रतिमाको आँखामा लगाएको पट्टि खोल्न होडबाजी

मङ्गलबार, ३० असोज २०७५, १५ : ५९
मङ्गलबार, ३० असोज २०७५

बुटवल– रुपन्देहीका विभिन्न स्थानमा स्थापना गरिएका देवी देवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न यहाँ होडबाजी हुने गरेको छ । 

दशैँ अर्थात् नवदुर्गा पूजा शुरु भएपछि स्थानीयवासीले भजनकीर्तनसहित हर्षउल्लासका साथ पूजाआजा गर्ने चलन छ । पूजाअर्चनाका लागि बनाइएको देवीदेवताको प्रतिमाको आँखामा लगाइएको पट्टि खोल्न स्थानीयवासीले रु ५० हजारदेखि रु एक लाखसम्म दान गर्ने गरेको शुद्धोदन गाउँपालिकाका रामजी लोधले बताए । 

उनले प्रतिमाको आँखामा लगाइएको पट्टि खोलेपछि त्यसको पहिलो रोशनी जसलाई पर्छ, त्यसको दीर्घायु, सुख, शान्ति र समृद्धि हुने धार्मिक विश्वास रहेको बताए । 

जिल्लाको सैनामैना नगरपालिका, शुद्धोद्धन गाउँपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिकालगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तिकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा बनाएर पूजाअर्चना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

बाँस, पराल, काँटी, कपडालगायतका विभिन्न वस्तुको प्रयोगबाट कालीगढले निर्माण गरिएको दुर्गा भवानीको प्रतिमाले महिसासूरलाई वध गर्न लागेको दृश्यसमेत देख्न पाइन्छ । त्यसका लागि उनीहरुले भारतका विभिन्न ठाउँबाट प्रतिमा खरीद गरेर ल्याउँछन् । दुर्गाजीको विभिन्न स्वरुप छ, त्यसैले उहाँको  स्थायी मूर्ति बन्दैन, सैनामैना–५ का विष्णु ज्ञवालीले भने ।

महिसासूरको वध गर्दा महाकालीलगायतका देवी तथा देवता हातहतियारले सुसूज्जित भएकाले यसको स्थायी मूर्ति नबन्ने र त्यो माटोको बन्ने बताइएको छ । 
भारतबाट झण्डै ३०० को हाराहारीमा ती मूर्ति रुपन्देही आएको बताइएको छ । पण्डित पीताम्बर अर्यालले थारु तथा मधेशी समुदायमा बलि दिने प्रचलन नभएको जानकारी दिँदै नौ दिनसम्म देवी भगवतीको पूजा आरधना गरे धनधान्य, सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको बताए । 
 शक्तिरुपा नवदुर्गाका नौ वटा स्वरुप छन् । नवरात्रभर हरेक दिन फरकफरक स्वरुपमा देवीको पूजा आरधना गर्ने परम्परा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप