शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजातन्त्रको नाममा देशमा अराजकतन्त्र बढ्योः माधव नेपाल

मङ्गलबार, ३० असोज २०७५, १५ : ५३
मङ्गलबार, ३० असोज २०७५

रौतहट – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रजातन्त्रको नाममा देशमा अराजकतन्त्र बढेको बताएका छन् । 

हिन्दूको धर्मावलम्बीको पर्व दशैंको अवसरमा चन्द्रनिगाहपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका उनले अराजकतन्त्र मौलाएकै कारणले एकले अर्कालाई अटेर्ने अवस्था सिर्जना भएको बताए । 

देशमा घुसखोरी र जनताको काममा ढिलासुस्ती गर्नेजस्ता प्रवृत्ति बढेको भन्दै नेता नेपालले त्यसप्रति खवरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए । 

मुलुकको बेहाल अवस्था आफूले टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै उनले सक्रियतापूर्वक जनताको पक्षमा काम गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे ।

 कार्यक्रममा संसदको विकास तथा प्रविधि समिती सभापति कल्याणी खड्का, सांसद सरला यादव, नेकपाका केन्द्रिय सदस्य समिर भटराईलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप