मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

मङ्गलबार, ३० असोज २०७५, १२ : ५२
मङ्गलबार, ३० असोज २०७५

गोरखा– गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् । 

डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए । 
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याउने प्रचलन छ । 

गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहदै आएको छ । 

गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । 

दरबारस्थित दशैँ घरबाट बाजागाजासहित सतिपिपल चौतारासम्म ¥याली निकालिएको थियो । यस्तै गोरखा धिमे पुच ९नेवार समूह० का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल ¥यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कटिङ गरी हनुमान ढोकामा फुलपाती पठाइएको हो । 

डोली काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनमाथि प्रकाश पारे । 

उनीहरुले नेपाली संस्कृतिको संरक्षण र सवद्र्धनका लागि गोरखाको परम्परा उत्कृष्ट रहेको भन्दै संस्कृतिको जगेर्नाका गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप