बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं र पोखरामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा (तस्बिरसहित)

मङ्गलबार, ३० असोज २०७५, १२ : २७
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–सशस्त्र प्रहरी बल नेपालले बडादशैंको अवसरमा कास्कीको पोखरामा पनि निःशुल्क बस सेवा संचालन गरेको छ ।
 

   पोखरामा रहेको सशस्त्र प्रहरी बलको एउटा बस दशैंको विदा अवधिभर यात्रुहरुको सहजतालाई ध्यानमा राखेर संचालन गरिएको हो । आजैदेखि काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलको ४ वटा बस निःशुल्क रुपमा संचालन भएको छ ।  
  

 सशस्त्र प्रहरी बल नेपालले पोखरामा आजैबाट बडादशैंको विदा अवधिभर विरामीलाई सेवा दिन एउटा एम्बुलेन्स समेत निःशुल्क संचालन गरेको छ । 


सो बस सेवा पोखरामा अम्मरसिंह चोकबाट छुटेर पृथ्वीचोक, विरौटा, डेविडफल्स, छोरेपाटन, लेकसाईड, हल्लनचोक, सृजनाचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपूलबाट बगरहुँदै फेरी महेन्द्रपूल पुगेर गण्डकी अञ्चल अस्पताल हुँदै अम्मरसिंह चोकमै पुग्नेछ । 

यसैगरी सशस्त्र प्रहरी बलले विरामीलाई सेवा प्रदान गर्न स्ट्याण्डवाई राखेको उक्त एम्बुलेन्सले यीनै ठाउँहरुबाट विरामीलाई पोखरास्थित अस्पताल पु¥याउन सेवा प्रदान गर्नेछ । 

सशस्त्र प्रहरीले पोखरामा बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म बस सेवा संचालन गर्नेछ । 

यसैगरी काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।  
 

   यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ । 

यसैगरी  अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । 

काठमाडौं उपत्यकाभित्र संचालन भएका सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म संचालन सशस्त्र प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप