शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा ‘तेन्जिङ–एड्मन्ड प्रवेशद्वार निर्माण गरिने

मङ्गलबार, ३० असोज २०७५, १२ : १७
मङ्गलबार, ३० असोज २०७५

जनकपुर–प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सिरहाको माडरमा एक करोड रुपैयाको लागतमा ‘तेन्जिङ–एड्मण्ड’ प्रवेशद्वार निर्माण गर्ने घोषणा गरेका छन् ।
मङ्गलवार सिरहाको माडरमा प्रवेशद्वार बनाउन प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको मन्त्रीले बताए । आर्थिक मामिला तथा योजना मन्त्री यादवले यसकार्यले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताएका छन् ।
सिरहा नगरपालिका वडा नम्बर २ छोटकी टोलमा सामुदायिक भवन शिलान्यास गर्दै मन्त्री यादवले सगरमाथा आरोहन गर्न तेन्जिङ नोर्गे र एड्मण्ड हिलारीले हिलारीले माडर–सिरहा–मिर्चैयाको वाटो भएर यात्रा गरेकोले प्रवेशद्वार बनाउन लागिएको बताए ।

मन्त्री यादवसँगै सो कार्यक्रममा सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवपनि सहभागि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप