बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधर अमेरिकामा सम्मानित

मङ्गलबार, ३० असोज २०७५, १० : ५८
मङ्गलबार, ३० असोज २०७५

अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा  अक्टोबर १४ मा सम्पन्न दशैं कप फुटबल प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिएको छ । 
उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको छ । 
बिजयी संगै बिजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गत वर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल फुटबल टोली बिजेता बनेको थियो ।

उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २- ० ले हराई ७ औ दशैं कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो । उक्त प्रतियोगितामा उप बिजेता रहेको लस एन्जेलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

यसै गरि ३५ बर्ष भन्दा माथि उमेरका खेलाडीहरु बीच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स बिजयी भएको छ । उप बिजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप बिजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ ।

उक्त खेलमा गोल रहित भए पछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स बिजयी भएको हो । बिजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ठ खेलाडी घोषित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप