बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३१ वर्षमा स्पेनमा इंग्ल्याण्डको पहिलो जीत

मङ्गलबार, ३० असोज २०७५, १० : ३३
मङ्गलबार, ३० असोज २०७५

एजेन्सी । सेभियामा इंग्ल्याण्डले स्पेनबिरुद्ध ऐतिहासिक जीत हासिल गरेको छ ।

युइएफए नेसन्स लिगमा ३–२ गोलअन्तरले पराजित गर्दै स्पेनको भूमिमा ३१ वर्षमा पहिलो जीत हासिल गरेको हो ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्याण्डले ३–० को अग्रता बनाएको थियो ।

राहिम स्टर्लिङले तीन वर्ष र २७ खेलको गोलको खडेरी अन्त्य गर्दै खेलको १६ औँ मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । उनले पछिल्लो पटक इंग्ल्याण्डका लागि ११०२ दिनअघि सन् २०१५ अक्टोबरमा एस्टोनियाबिरुद्ध गोल गरेका थिए ।

मार्कस रासफोर्डले इंग्ल्याण्डको अग्रता दोब्बर बनाए । 

पहिलो हाफमा इंग्ल्याण्डको तीव्र गतिको खेलसामु निरिह बनेको स्पेनबिरुद्ध स्टर्लिङले तेस्रो गोल गरे ।

स्पेनले पहिलो हाफमा तीन वा सोभन्दा बढी गोल खाएको इतिहासमा पहिलो पटक हो ।

खेलको दोस्रो हाफमा भने स्पेनले सुधारिएको खेल प्रदर्शन गर्यो । पाको अल्कासेरले स्पेनको लागि गोल फर्काए ।

स्पेनको अर्को प्रहार पोष्टमा लाग्यो भने खेलको इन्जुरी समयमा सर्जियो रामोशले दोस्रो गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेन ।

इंग्ल्याण्डले पछिल्लो पटक सन् १९८७ मा स्पेनबिरुद्ध उसैको भूमिमा ४–२ को जीत हासिल गरेको थियो ।

स्पेनले आफ्नो घरेलु मैदानमा सन् २००३ पछि पहिलो पटक खेल हारेको हो । स्पेन पछिल्लो ३८ खेलमा अपराजित रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप