शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा तीन सुरक्षा निकायको राजधानीमा छुट्टाछुट्टै बस सेवा (रुटसहित)

मङ्गलबार, ३० असोज २०७५, ०८ : ३७
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–हिन्दू नेपालीको महत्वपूर्ण चाड दशैंको अवसरमा तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गर्ने निर्णय गरेका छन् । 

दशैंमा राजधानीमा सवारी साधन अत्याधिक न्यून चल्ने भएकाले यात्रुको सुविधालाई मध्यनगर राख्दै बस सञ्चालन गर्न लागिएको तीव वटै सुरक्षा निकायले जानकारी दिएको छ । 

नेपाली सेनाले विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने निर्णय गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सो दिन तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ ।

 पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ– माइतीघर कायम गरिएको सेनाले जनाएको छ । 

तेस्रो मार्ग भद्रकाली– माइतीघर– त्रिपुरेश्वर– कालीमाटी– कलङ्की– थानकोट– स्वयम्भू– छाउनी (अस्पताल)– ताहाचल– टेकु– थापाथली तथा चौथो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– तीनकुने– गौशाला– चाबहिल– जोरपाटी– नारायणगोपाल चोक– लाजिम्पाट –कान्तिपथ हँुदै भद्रकाली पुग्नेछ । 

पाँचाँै मार्ग भद्रकाली– थापाथली– कुपण्डोल– जावलाखेल– सातदोबाटो– चापागाउँ– सातदोबाटो– तीनकुने– बानेश्वर– शहीदढोका हुनेछ भने छैटौँ मार्ग भद्रकाली– दरबारमार्ग–कमलपोखरी– गौशाला– चाबहिल– बौद्ध– साँखु– चाबहिल– गौशाला– तीनकुने हँुदै भद्रकाली रहेको छ । 

सातौँ मार्ग भद्रकाली– माइतीघर– नयाँ बानेश्वर– पुरानो बानेश्वर– गौशाला– सिनामङ्गल– कोटेश्वर– सूर्यविनायक– ठिमी– कोटेश्वर– माइतीघर– भद्रकाली छ भने आठौँ मार्ग भद्रकाली– माइतीघर– कोटेश्वर– सातदोबाटो– कलङ्की– बालाजु– चाबहिल– गौशाला–तीनकुने हँुदै भद्रकालीसम्म कायम गरिएको छ । 

यसैगरी नेपाल प्रहरीले नागरिकको सहजताका लागि असोज ३१ तथा कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्नेछ ।
प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिइने छ । त्यस्तै नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–शहीदगेट–लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक–बालुवाटार हुँदै पुनःनक्सालसम्म पनि प्रहरीको बस चल्नेछन् । 

यसैगरी नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म प्रहरीका बसले सेवा दिनेछन् । 

प्रहरीको निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा संचालन गर्ने छ । 

सशस्त्र प्रहरी बल हल्चोकका अनुसार निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।  
    
यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ । 

यसैगरी अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । 

सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ०८ः०० बजेदेखि बेलुका ०६ः०० बजे सम्म चल्ने जनाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप