बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

मङ्गलबार, ३० असोज २०७५, ०७ : ३१
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं - दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । यो तथ्यांक ५ असोजदेखि आइतबार सम्मको हो । सोही दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो । 

पन्तले नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार र छठ मनाउन ठूलो संख्यामा मानिस बाहिरिने गरेको बताए । महाशाखाका अनुसार हालसम्म १ लाख ६२ हजार ९८ वटा टिकटको अग्रिम बुकिङ भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष २४ लाख बढी यात्रु दसैंका लागि बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप