शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दसैंमा ऋण खोजेर घर फर्किए कर्मचारी

मङ्गलबार, ३० असोज २०७५, ०७ : २४
मङ्गलबार, ३० असोज २०७५

दोलखा - जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दसैं मान्नका लागि घर जान खर्च मागेर फर्किए । अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनका लागि ऋण खोजेर गाडी भाडा तिरेर घर फर्किएका हुन् ।  

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको अवस्था पनि उस्तै भयो । सरकारी जागिर खाएको पाँच वर्ष अवधिमा पहिलोपटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दसैं मनाउन घर फर्किए । 

यी माथिका प्रतिनिध पात्र मात्र हुन् । तीन तहको सरकारमध्ये यस वर्ष प्रदेश तीनका कर्मचारी दसैं मनाउन रिक्तो हात घर फर्केका छन् । आजको कारोबारमा यो समाचार छापिएको छ ।

प्रदेश सरकार मातहतका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशु सेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखामा मात्र २ सय ५० कर्मचारी तलब  र दशैं खर्चबिनै, दसैं मनाउन बाध्य भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप