शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संसारको सबैभन्दा चर्चित खानदान कहिले पनि खाँदैनन् यो खानेकुरा

शनिबार, ०७ साउन २०७४, १५ : ५४
शनिबार, ०७ साउन २०७४

बेलायतको शाही खानदानलाई संसारको सबैभन्दा चर्चित शाही खानदान भनिन्छ । उनीहरुको लवाई खुवाईदेखि जीवनबारे जान्नका लागि हरेक व्यक्ति उत्सुक हुन्छन् । तर प्रिन्सेस डायनाकी शेफ बनिसकेकी रबले शाही खानदानबारे केही समयअघि त्यो कुराको खुलासा गरेकी छिन् जसबारे सायद कसैलाई थाहा नहोला ।

शाही खानदानको बकिंघम प्यालेसमा समय–समयमा थुप्रै डिनर पार्टीको आयोजना हुने गर्दछ । जसमा संसारका थुप्रै चर्चित व्यक्ति समावेश हुन्छन् । यो शाही पार्टीमा दरबारका शेफ विदेश ‘डिश’ पनि तयार गर्दछन् तर यी सबै ‘डिश’ मा सधैं एउटा कुरा छुटेको हुन्छ ।

जुन खानेकुरा दरबारमा बर्जित छ, त्यो हो लसुन । शेफ क्यारोलिन रबलाई विश्वास गर्ने हो भने दरबारमा पाक्ने सबै खानामा लसुन हालिँदैन । यसो किन गरिन्छ भन्ने बारे पनि उनले बताएकी छिन् ।

शाही परिवार लगातार लाइम लाइटमा रहनुपर्ने भएकाले यो परिवारका कुनै न कुनै सदस्य सधैं कुनै कार्यक्रममा समावेश हुनुपर्छ । साथै, उनीहरुले थुप्रैसँग भेटघाटलाई अनेकौं अन्तर्वार्ता पनि दिनुपर्छ । यस्तोमा कुराकानी गर्नेबेला मुखबाट दुर्गन्ध नआओस् भन्नका लागि लसुन वर्जित गरिएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप