शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुस्याहा कर्मचारीले भरियो अख्तियारको हिरासत

मङ्गलबार, ३० असोज २०७५, ०७ : १४
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं - घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले अहिले अख्तियारको हिरासत नै भरिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् । 

आइतबार एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाही पक्राउ परेका छन् । अदालत घटस्थापनादेखि नै बन्द हुने भएकाले अख्तियारको हिरासतको चाप बढेको  छ। 

हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ। दसैं खर्चका नाममा घुस र असुल्नेहरुसमेत पक्राउ परेको अख्तियार प्रवत्ता रामेश्वर दंगाल बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप