शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनाकोठी बस्तीमा हाई भोल्टको तार

मङ्गलबार, ३० असोज २०७५, ०७ : ०८
मङ्गलबार, ३० असोज २०७५

ललितपुर - टिकाथलीमा पाँच दिनअघि विद्युत पोलले थिचेर ५८ बर्षीय रामकेशर बोगटीको मृत्यु भयो । 

यो घटना सेलाउन नपाउँदै बिहीबार बेलुका साुनाकोठी चौतारामा पनि पोल भाँचियो । ललितपुर महानगरपालिका २७ हितनाल टोलस्थित हाइटेसन लाइनबाट भ्याली होममा हाई भोल्टको तार तान्ने क्रममा भाँचिएको थियो । पोल भाँचिए पनि मानवीय क्षति भने भएन । 

स्थानीयले छलफल नगरीकन घनाबस्तीबाट ११ हजारको हाई भोल्टको लाइन तानेको भन्दै विरोध जनाउने डरले हतारमा तान्दा भाँचिएको बताएका छन् । 

होमलाई स्थानीयले उक्त क्षेत्रबाट तार तान्दा दुर्घटना हुन खतरा रहेको भन्दै २०६७ मा रोक लगाएको थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप