शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास

मङ्गलबार, ३० असोज २०७५, ०७ : ०८
मङ्गलबार, ३० असोज २०७५

कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्, आजको नागरिक दैनिकमा खबर छ ।

आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ ।

बर्दियाको बासगढी नगरपालिका–५ घर भएका ओलीले आफ्नै सहकर्मी महिला प्रहरीलाई यही असोज २० गते जबरजस्ती प्रयास गरेका थिए ।

प्रहरी कार्यालय नजिकै बसपार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी जवानलाई ड्युटी सकेर घर जाने क्रममा ओलीले समातोर जबरजस्ती गर्न खोजेका थिए ।

तर महिला प्रहरीले प्रतिकार गरेपछि ओली भागेका थिए ।

लगत्तै ती महिला प्रहरीले आफ्नो श्रीमानलाई खबर गरेकी थिइन् ।

त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ओली पक्राउ परको हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप