शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

मङ्गलबार, ३० असोज २०७५, ०६ : ५७
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं - दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ । 

मासुमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ । शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ । 

थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा विधाननिधि पौडेल बताउँछन् । 

'सयदेखि डेढसय ग्राम मासु खाए हुन्छ । एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा हुन्छ । धेरै खाँदा हानि गर्छ ।' डा पौडेलले भने । 

पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव छ ।  आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप