बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ श्रीमानका दसैं योजना : कोही ध्यानमा, कोही आत्मकथामा रमाउँदै

मङ्गलबार, ३० असोज २०७५, ०६ : ३७
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं - पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको यो दसैं पूरै ध्यानमय हुनेछ । ध्यान भगवानप्रति समर्पित  रहनेछ । उनले पशुपतिको दर्शन पनि गर्नेछन् । दसैं भने सामान्य ढंगले मनाउने योजनामा छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । 

'मेरो दसैं कानुन र संविधानमा होइन, पूरै अध्यात्मिक चिन्तन र ध्यानमा बित्नेछ' श्रेष्ठले भने, 'परलोक सुधार्ने काममा लाग्छु, पशुपतिको दर्शन गर्न जान्छु ।' पशुपतिको आराधनाले मोक्ष प्राप्ति हुने विश्वास उनमा छ । श्रेष्ठले प्रधानन्यायाधीश बन्न पशुपतिनाथकै आशिर्वाद रहेको बताए । उनी बिहान श्रीमदभागवतगीता पाठ गर्छन् ।  

अर्का पूर्वप्रधानन्यायधीश अनुपराज शर्मा भने नास्तिक हुन् । उनी भने किताब पढेर दसैं बिदा सदुपयोग गर्ने मुडमा छन् । 

अर्का पूर्वप्रधानन्यायधीश केदारनाथ उपाध्याय  पशुपति र भगवती मन्दिरमा पुगेर दर्शन गर्ने, परिवारका जेष्ठ सदस्य भएका कारण परिवार र घरमा आउने बाबुनानीलाई टीका लगाइदिने, आफन्तकहाँ भेटघाट गर्ने ध्याउन्नमा छन् । 

अर्का पूर्वप्रधानन्यायधीश मीनबहादुर रायमाझीको भने दसैंमा के गर्ने भनेर अझै योजना बनेको छैन । 

पूर्वप्रधानन्यायधीश गोपाल पराजुली भने दसैंभर आत्कथा लेखेर बस्ने योजनामा छन् । उनले आत्मकथाको नाम पनि जुराइसकेका छन्, 'संयोगका पानाहरु' । 

पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्र भने यसपटक गृहजिल्ला रुपन्देहीको राइपुर पुगेर दसैं मनाउँदै छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप