बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीपेचमा ७५० टुक्रा हीरा

मङ्गलबार, ३० असोज २०७५, ०६ : ३०
मङ्गलबार, ३० असोज २०७५

काठमाडौँ । सोमबारबाट नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनीमा राखिएको श्रीपेचमा ७५० टुक्रा हीराको हार रहेका छन् ।

पुरातत्व विभागका महादिर्नेशक भेषनारायण दाहालका अनुसार श्रीपेचमा ७ सय ५० टुक्रा हीरा तथा १६ वटा मणिमाणिक्य छन्, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

श्रीपेचको पछिल्तिर कल्की झुन्डिएको छ । कल्की चराको पुच्छर हो ।

दाहालका अनुसार बर्ड अफ प्याराडाइज नामक चरोको पुच्छरबाट कल्की बनाइएको हो ।

यो चरा दुर्लभ र संरक्षित चरा हो ।

यो चराको पुच्छर अमेरिकाबाट ल्याएर श्रीपेच आकर्ष बनाउने राणा प्रधानमन्त्री चन्द्रशमशेरले गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यसको लगत संकलन गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका पदाधिकारीले यसको लगत तयार पारेका थिए ।

त्यसक्रममा कल्की बाहेकको भागमा हिरा, मोती, माणिक, नवरत्न र सुन प्रयोग भएको जनाइएको थियो ।

श्रीपेचलाई शक्तिको प्रतिकको रुपमा लिइन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप