शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुसभित्र नयाँ संरचनामा कर्मचारी

सोमबार, २९ असोज २०७५, २१ : १३
सोमबार, २९ असोज २०७५

काठमाडौँ– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको प्रादेशिक संरचना गठन नहुँदासम्म सङ्घीय आयोगले राष्ट्रसेवक कर्मचारीको भर्ना गर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानले प्रदत्त गरेको स्थानीय, प्रदेश र सङ्घको अधिकारभन्दा बाहिर गएर गरिएका कार्य खारेज हुने बताउँदै कुनै पनि प्रदेशले अहिले कर्मचारी भर्ना गर्न नसक्ने बताउनुभयो । 

प्रशासनिक व्यवस्थापनका कार्य धेरै अगाडि बढिसकेको बताउँदै उहाँले तीन तहको सङ्गठन संरचना तयार गरी कर्मचारीलाई व्यवस्थित गरिने बताउनुभयो । मन्त्री पण्डितले भन्नुभयो, “मुलुकको नयाँ संरचनामा केन्द्रबाट तल्लो तहमा अधिकार जाने अभ्यास छ, कर्मचारी व्यवस्थित गर्नका लागि आवश्यक ऐन, नियम तर्जुमा भइरहेको छ ।” 

उहाँले सङ्घीय निजामति विधेयक मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिँदै आगामी पुस मसान्तभित्र राष्ट्रसेवक कर्मचारीलाई व्यवस्थित गर्न सकिने बताउनुभयो । तीन तहमा करीब रु एक लाख १९ हजार कर्मचारी आवश्यक हुने अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप