शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० तस्बिरमा हेर्नुहोस् उपत्यकामा उल्लेख्य सवारीसाधन नचल्दाको सास्ती

सोमबार, २९ असोज २०७५, २० : ४८
सोमबार, २९ असोज २०७५

काठमाडौं– राजधानीमा विभिन्न पेसा व्यवसाय गरेर बस्दै आएकाहरु दशैं मान्न गाउँतर्फ लाग्दा काठमाडौंको भीडभाड पातलिँन थालेका छन् । 

सर्वसाधारणको चहलपहल कम देखिन्छ भने  यातायातका साधन पनि उल्लेख्य संख्यामा चलेका छैनन् । 

अझ सार्वजनिक यातायातका साधन न्यून संख्यामा चल्दा राधानीको एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नेहरुले सास्ती बेहोर्नु परेको छ । 

यातायात व्यवस्था विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ ।

 उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् । 

विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै छ रुपैयाँ ठगी गरेको यात्रुहरुको गुनासो छ ।

विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो । 

रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीका विभिन्न स्थानमा पुगेर सार्वजनिक सवारीको साधन प्रयोग गर्ने यात्रुको दुःखलाई तस्बिरमा उतारेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप