बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकका शेयरधनीले चुक्ता पूँजीकोे ८.४० प्रतिशत नगद लाभांश पाउने

सोमबार, २९ असोज २०७५, १८ : २९
सोमबार, २९ असोज २०७५

काठमाडौं । ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८.४० प्रतिशतका दरले हुुने २१,८०,६२,७५३ (अक्षरुपी एक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण हुने भएको छ ।

बैंकको आज सम्पन्न एघारौं बार्षिक साधारणसभाले उक्त लाभांस वितरण गर्न स्वीकृत गरेको हो । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गर्दै संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गरेका थिए भने अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले टिप्पणीमा जवाफ दिएपश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

एघारौं वार्षिक साधारणसभाबाट ज्योति विकास बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रिय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंकलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्ता पूँजी ३ अरब १० करोड पुग्नेछ । 

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबीबीएस सेवाका साथै आईपीएस सेवा समेत उपलब्ध गराएको छ ।

हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आ.व.मा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्व ५४ करोड  निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप