बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा कोच प्रमोदले पाए बधाई

सोमबार, २९ असोज २०७५, १८ : ०९
सोमबार, २९ असोज २०७५

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्याटल राउण्ड सकिएको छ । आइतवारको अन्तिम ब्याटल राउण्डमा तीनै जना निर्णायकहरुले कोच प्रमोदलाई बधाई दिएका छन् ।

तीनै जना कोचहरुले कोच प्रमोदले आफ्नो टिमका प्रतियोगीहरु अनिश र राजुबिचको ब्याटल निकैै रोमान्चक र उकृष्ट भएको भन्दै निर्णायक तथा कोच प्रमोदलाई बधाई दिएका हुन् । निर्णायक तथा कोच प्रमोदलाई निर्णायक तथा कोच दिपले राम्रो कोच गरेको भन्दै उनले भने– ‘धेरै धेरै धन्यवाद तथा बधाई प्रमोदलाई यति राम्रो कोच गरेकोमा र दुबैजनाले निकै राम्रो गाएकोमा ।’

त्यसैगरि कोच अभया र कोच सनुपले पनि कोच प्रमोदलाई बधाई दिएका थिए । ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ थप चार प्रतियोगीहरु आगामी प्रतिस्पर्धा अर्थात ‘लाइभ’मा जान सफल भएका छन् । आइतवारको कार्यक्रमबाट अर्को राउण्डमा जान सफल भएका प्रतियोगीहरुमा विवेक, निशान्त, अनिश र विवेक लाइभ राउण्डमा जान सफल भएका छन् ।

ब्याटल राउण्डको समापनसँगै अब अर्को सातादेखि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा लाइभ राउण्ड शुरु हुनेछ । ब्याटल राउण्डबाट छनौट हुन सफल भएका ३२ जना प्रतियोगीहरुबिच लाइभ राउण्डमा कडा प्रतिस्पर्धा हुनेछ । ब्याटल राउण्डमा छनौट भएका ६ जना र स्टील गरिएका २ जना गरि प्रत्येक टिममा ८ जना प्रतियोगीहरु छनौट हुन सफल भएका छन् ।

लाइभ राउण्डमा प्रत्येक निर्णायक तथा कोचहरुको टिमबाट ८ जना प्रतियोगीहरुले पालैपालो आफ्नो गायन कला देखाउनेछन् । सो राउण्डमा प्रत्येकले छुट्टा छुट्टै आफ्नो गायनकला पस्किनेछन् ।

लाइभ राउण्डमा जान सफल भएका सबै प्रतियोगीहरुलाई हाम्रो तर्फबाट बधाई तथा शुभकामना साथै ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्ने सम्पूर्ण दर्शकहरुका साथ समस्त नेपालीहरुलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप