शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै

सोमबार, २९ असोज २०७५, १७ : ४६
सोमबार, २९ असोज २०७५

काठमाडौं । एनआईसी एशिया बैंकको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै खोल्न मिल्ने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीका बाट आफ्नो बैंक खाता खोल्न सकिने जनाएको छ ।

अब ग्राहकहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नेछन् ।

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप