केन्द्रीय संस्करण

चितुवाको छालासहित तीनजना कोटेश्वरबाट पक्राउ

person access_timeअसोज २९, २०७५ chat_bubble_outline0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एकजना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । एकजनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको उनले बताए । 

उनीहरुबाट चितुवाको आखेटोपहारसहित एक थान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनैजनालाई आजै कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ तथा साइटिस महासन्धी–१९७५ अनुसार उनीहरुलाई कारवाही गरिने ब्यूरोले जनाएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ