शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विजयादशमीको दिन राष्ट्रपतिले  टीका लगाइदिने यस्तो छ कार्यक्रम

सोमबार, २९ असोज २०७५, १५ : ३०
सोमबार, २९ असोज २०७५

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते परेको विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि ख सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी छिन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा विशिष्ट व्यक्तित्वको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

टीका कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप