शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय तीर्थयात्री लुटिए, ४ युवतीसहित ७ जना पक्राउ

सोमबार, २९ असोज २०७५, १४ : २९
सोमबार, २९ असोज २०७५

काठमाडौं– भारतीय तीर्थयात्री प्रमोद कुमार गुप्ता लगायत तीन जनालाई लुटपाट गरेको अभियोगमा ४ युवतीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

राजधानीको नयाँबसपार्कमा रहेको स्टार नाइट क्लवमा लगेर नगद लुट्ने सिन्धुलीकी निर्मला तामाङ, उदयपुरकी रुपा राई, सर्लाहीकी रोशनी तामाङ र स्वस्तीका तामाङसहित संखुवासभाका ओम राई ओखलढुङगाका मेघबहादुर महरा, र नुवाकोटका विनोद अर्याललाई महानगरीय प्रहरी बृत्त महाराजगन्जको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लुटेराहरुले १३ हजार ५ सय भारु लुटेको प्रहरीले जनाएको छ ।

 उनीहरुले भारतीय यात्रीलाई पशुपतिबाट राम्रो होटलमा लगिदिने बहानामा स्टार क्लवमा लगेर लुटेका थिए ।

 ती भारतीय नागरिक भने स्वदेश फर्किसकेको महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रमुख डीएसपी फडिन्द्र प्रसाईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप