युवकको शव भेटियो
सोमबार, २९ असोज २०७५, १४ : ०७
सिरहा–सिरहाको धनगढीमाई नगरपालिका ७ कसहा नजिक आज विहान एक युवकको शव फेला परेको छ । धनगढीमाई ९ महुवाडाँडाका करिव १९ वर्षीय विलाश यादवको शव फेला परेको हो ।
हिजो बेलुका गाउँकै सुजित यादव र भिनाजुसँग पार्टी खान हिँडेका उनी आज विहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
गाउँभन्दा करिव ५ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्ग अन्तर्गत कसहादेखि करिव ३ सय मिटर उत्तर सपेताको जंगलमा शव फालिएको अवस्थामा फेला परेको हो ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा