शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वटा ‘ए’ डिभिजन क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

सोमबार, २९ असोज २०७५, ११ : ५४
सोमबार, २९ असोज २०७५

काठमाडौँ-ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । 

महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिए ।
 त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक रु तीन लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक रु दुई लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी दिए । 

नगर परिषद्को बैठकले फुटबल विकासमा लागेका शीर्ष डिभिजनका क्लबलाई आर्थिक सहयोग गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई महानगरको बोर्ड बैठकले पारित गरेको हो । त्यसैगरी जिल्लाका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जिते उपाधिपिच्छे थप रु चार लाख महानगरले उपलब्ध गराउनेछ । 

बोर्ड बैठकले थ्रीस्टार क्लबलाई रु २८ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेको छ । 

गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको रु चार लाखका दरले रु २८ लाख क्लबलाई दिने निर्णय गरेको हो । यसअघि काठमाडौँ महानगरले जिल्लाका छ वटा ए डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप