शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसको चियापान कार्यक्रम सर्याे

सोमबार, २९ असोज २०७५, ११ : ४४
सोमबार, २९ असोज २०७५

काठमाडौँ- नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । 

पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । 

पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले जानकारी दिइन् । 
पार्टी शोकमा रहेकाले श्रद्धाञ्जलिबाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । नेता बाँस्तोलाको असोज २७ गते निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप