प्युठानमा दुर्घटना, एकको मृत्यु चार घाइते
सोमबार, २९ असोज २०७५, ११ : १४
बुटवल– प्युठानको सितचौरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चार जना घाईते भएका छन् । नौविसे गाउँपालिका–६ को सितचौरमा भएको दुर्घटनामा सोही गाउँलिका–४ खबाङ्गकी ६९ बर्षीया तारा देवि पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बाग्दुलाबाट खबाङ्ग जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा पुनको मृत्यु भएको र सोही स्थानका ४६ बर्षीया कालिदेवी पुनको जिल्ला अस्पतालमा उपचार हुन नसकी बुटवल रिफर गरिएको छ । अन्य तीन जना सामन्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ कमर्सबिच समझदारी
-
मिस पवीको अनुभव : टिकटकबाट भोट माग्दा पानीको धारा काटिदिए
-
धरानमा खानेपानीको अभाव
-
अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन सुरू
-
इलाम-२ उपचुनाव : उम्मेदवारको हिसाब–किताब र परिणामको पर्खाइ
-
सिन्धुलीको एसपीमा अर्जुन तिमिल्सिना