बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘चेन्ज योर फ्युचर’ सार्वजनिक

सोमबार, २९ असोज २०७५, ११ : ११
सोमबार, २९ असोज २०७५

अमेरिका– जीवनसँग जोडिएका हरेक प्रसङ्गदेखि ब्यापारका बैज्ञानिक सुत्रसमेत समेटेर तयार पारिएको ‘चेन्ज योर फ्युचर’ सार्वजनिक भएको छ ।

‘चेन्ज योर फ्युचर’ न्यूयोर्क निवासी चर्चित युबा लेखक राजन थपोलिया र एन आर एन अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष तथा कृष्ण पोख्रेलले लेखेका हुन् ।

पुस्तकको कभर आर्ट लन्डन निबासी लोकप्रिय डिजाइनर एमएम रैनीले गरेकी हुन् । २५६ पेज रहेको उक्त पुस्तकमा १२ वटा खण्डहरु छन् । जीवनका दर्शनदेखि, यौन, विवाह, प्रेम, स्वास्थ, ब्यायम, राम्रा बिश्व बिद्यालयहरु छान्ने तरिकादेखि जीवनको कुन उमेरमा के गर्ने भन्ने पाटोलाई सरल ढंगबाट पुस्तकमा केलाईएको छ ।

जीवनप्रतिको कर्तब्य साथै, घर मै बसेर पनि आयआर्जन गर्ने सकिने तरिकाहरु देखी सफल हुने हरेक बिषयलाई समेटिएको उक्त पुस्तक अनुसन्धानमा आधारित पुस्तक हो ।

लेखकले बिशेष गरी अमेरिकाको हरेक राज्यका घरघरमा पुयार्उने (होम डेलिभरी) व्यवस्था गरेको जनाएको छ । पुस्तकलाई केपी म्यानेजमेन्ट र न्यूयोर्क सिटी पोस्टले बजारमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप