शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संघीय संरचना अनुसार अब सातै प्रदेशमा  मेगा बैंक

शनिबार, ०७ साउन २०७४, १५ : ०५
शनिबार, ०७ साउन २०७४

काठमाडौं–मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचना अनुसार सातवटै प्रदेशमा प्रदेश हेडक्वाटर स्थापना गर्ने घोषणा गरेका छन् । बैंकले सातौं बर्ष पूरा गरी आठौँ बर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष शाहले यसको सुरुवात प्रदेश नं. ५ बाट भइसकेको जानकारी दिए । 
अध्यक्ष शाहले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको जानकारी दिँदै मर्जरपछि नेपालको सबैभन्दा बढी पूँजी भएको बैंकभित्र पर्ने जनाए । यसबारे प्रक्रिया शूरु भइसकेको उनको भनाई थियो । 
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष २० वटा शाखा खोल्ने जानकारी दिए । स्थानीय तहको चुनावले धेरै आर्थिक ढोका खुलेको बताँउदै गाँउपालिका र नगरपालिकामा शाखा बिस्तार गरिने जानकारी दिए । उनले शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार ४ सय ३३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको जानकारी दिए । 
कार्यक्रममा सिइओ शाहले बैंक एस्योरेन्स योजना पनि घोषणा गरेका छन् । मेगा बैंकका ग्राहकहरुले अब जीवन विमा र निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्ने जनाएका छन् । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथै बैंकले साना मझौंला व्यवसाय र लघुसिवत्तलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । 
बैंकले गतबर्षमा निक्षेप संकलन ८ अर्ब बढेर ३९ अर्ब पुगेको जनाएको छ भने कर्जा प्रवाह करिब ७.४ अर्ब बढेको जनाएको छ । अग आर्थिक बर्ष कर्जा प्रवाह २७.८ अर्बबाट बढेर ३५.१५ अर्ब पुगेको हो । यस्तै ग्राहक संख्या पनि झन्डै २ लाख ६० बढेको जनाइएको छ । 
यसैबिच बार्षिकोत्सवका अवसरमा बैंकले काठमाडौंमा संचालित गरिब तथा अनाथ बालिका गृहलाई १ लाख रुपैयाँ सहयोग समेत गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप