बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सले सेयधनीलाई कति दिँदैछन् बोनस ?

सोमबार, २९ असोज २०७५, १० : ५४
सोमबार, २९ असोज २०७५

काठमाडौं– सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ८.७६ प्रतिशत अर्थात ६ करोड ६३ लाख ८४ हजार ५ सय ९ रुपैयाँ बराबरको बोनस सेयर वित्तरण गर्ने भएको छ । 

फाइनान्सले मंसिर १ गते गर्ने साधारणसभामा बोनस सेयर वित्तरणको विषयलाई विशेष प्रस्तावको रुपमा लैजाने भएको छ ।

सेन्ट्रल फाइनान्सले भक्तपुर फाइनान्सलाई मर्ज गरेकोले २०७३ चैत १० गतेसम्म कायम सेयरधनीलाई लाभांश करमा छुट दिने र त्यसबाहेककालाई भने लाभांश कर लाग्ने कम्पनीले जनाएको छ । 

यता पोखरा पाइनानन्सले पनि आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । 

चार करोड आठ लाख २२ हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर बित्तरणको प्रस्ताव पारित गराउन फाइनान्सले कात्तिक २० गतेलाई साधारणसभा बोलाएको छ । यस्तै प्रतिसेयर ८.६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि सो साधारणसभा मार्फत पारित गराउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप