शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’

सोमबार, २९ असोज २०७५, १० : ४६
सोमबार, २९ असोज २०७५

काठमाडौं – १४ मंसिरबाट प्रदर्शनमा आउने फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ ।
सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ । फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ । 

सुशील क्षत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप