शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

करमा छुट नदिएको भन्दै दुई सय कपडा उद्योग बन्द गर्ने घोषणा

सोमबार, २९ असोज २०७५, ०७ : २८
सोमबार, २९ असोज २०७५

काठमाडौँ । टेक्सटायल उद्योगलाई सरकारले दिँदै आएको सुविधा हटाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले कपडा उद्योग बन्द गर्ने घोषण गरेका छन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) मा दिँदै आएको सहुलियत आर्थिक ऐनबाट हटाएपछि कपडा उद्योगीले उद्योग बन्द गर्ने घोषणा गरेको आजको नागरिक दैनिकमा खबर छ ।

कपडा उद्योगलाई मूल्य अभिवृद्धि कर फिर्ता दिँदै आएकोमा सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट यो व्यवस्था हटाउने निर्ढाय गरेको थियो ।

कटन कपडाको भ्याट शतप्रतिशत समायोजक र सेन्थेटिक कपडा उद्योगले ७० प्रतिशत भ्याट फिर्ता पाउँथे ।

सरकारले दिँदै आएको सहुलियत पूर्णरुपमा हटाएपछि विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको नेपाल कपडा उद्योग संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप