बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारी समायोजन : एक तह बढुवा गरेर प्रदेशमा

सोमबार, २९ असोज २०७५, ०७ : ०६
सोमबार, २९ असोज २०७५

काठमाडौँ । कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी समायोजन गर्न लागेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजन भएर जाने कर्मचराीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो ।

ऐन संशोधनपछि एक महिनाको सूचना दिएर कर्मचारीलाई स्थानीय तह रोज्न लगाइनेछ ।

समायोजनको मोडल

– सेवा प्रवेश गरेको ५ वर्ष पुगेका कर्मचारीले मात्र संघबाट प्रदेश र स्थानीय तहमा समायोजन हुन निवेदन दिन पाउनेछन् ।

– ज्येष्ठताको आधारमा क्रमशः स्थानीय तह प्रदेश रोज्न दिइने ।

– स्थानीय तह र प्रदेश रोज्ने सहसचिवले सचिव सरह सुविधा पाउने । तर, संघमा फिर्ता भएपछि पुनः सहसचिवकै पद र सुविधामा काम गर्नुपर्ने ।

– कार्यालय सहयोगी, ड्राइभर वा बढुवा नहुने पदका कर्मचारीलाई पदीय हैसियत नबढाई एक तह बढी सेवा सुविधा दिएर समायोजन गर्ने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप