बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँमा सिसडोल ल्याण्डफिल बन्द : घरबाट फोहोर ननिकाल्न महानगरपालिकाको आग्रह

सोमबार, २९ असोज २०७५, ०६ : ५६
सोमबार, २९ असोज २०७५

काठमाडौँ । दशैँको पाँच दिन सिसडोल ल्याण्डफिल साइट बन्द हुने भएको छ ।

स्थानीय जनताको आग्रह र काठमाडौँ नगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

कमपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पारे ।

कुँवरले स्थानीयलाई दशैँमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको बताए ।

स्थानीयले दशैँमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए ।

कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमानै व्यवस्थापन गर्न अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप