शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहमतिबाट पछि हट्यो भारत : नयाँ हवाई रुट थप्न मानेन

सोमबार, २९ असोज २०७५, ०६ : ३७
सोमबार, २९ असोज २०७५

काठमाडौँ । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्रविधिकको वार्ताबाट टुंगिएन ।’

उनका अनुसार नेपालले मागेको हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमित दिन नसकिने जनाएको हो ।

प्राविधिक तहको उक्त एक दिने बैठक बिहिबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप