शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निगमको लापरवाहीका कारण दशैँमा पेट्रोल पम्पमा लाइन

सोमबार, २९ असोज २०७५, ०६ : १५
सोमबार, २९ असोज २०७५

काठमाडौँ । दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । 

तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो । 

त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो, आजको नयाँ पत्रिकामा खबर छ ।

शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए ।

आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ ।

प्रवक्ता वीरेन्द्र गोइतले फूलपातीसम्म वितरण गरेर सबै डिपो बन्द रहने बताए ।

त्यसपछि कार्तिक ४ गते आइतबार डिपो खुल्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप