म्याटिस रक्षामन्त्रीबाट ‘बिदा हुन सक्छन् : राष्ट्रपति ट्रम्प
वासिङ्टन । अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् ।
म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो । अमेरिकी पत्रिका सीबीएसलाई दिएको के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहनुभएको छ भन्ने करिब ६० मिनेट लामो अन्तर्वार्तामा उनलाई बिदा दिइनसक्ने सम्भावना पनि रहेको उनले बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, ‘मेरो विचारमा उहाँ डिमोक्र्याटजस्तो हुनुहुन्छ त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ ।’
‘यद्यपि जनरल म्याटिस असल व्यक्ति हो । हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम ग¥यौँ । उहाँले छोड्न सक्नुहुन्छ । मतलव कुनै विन्दुमा सबैले छाड्नुपर्छ,’ राष्ट्रपति ट्रम्पले भने ।
आफूले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने बिषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो ।
ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताएका थिए ।
उनले भने, ‘मैले परिवर्तन चाहन्छु । यो मेरो अधिकारको कुरा पनि हो । मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन् । उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन् ।’
‘हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने इभी माइक्रोका चालकको मृत्यु, अन्य ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण