शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

आइतबार, २८ असोज २०७५, १९ : ५५
आइतबार, २८ असोज २०७५

काठमाडौं । नेपाल बङ्गलादेश बैंककले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाता अन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ ।

यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा सो भन्दा बढी निक्षेप गरी २५ ग्रामको चाँदीको सिक्का पाउन सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरुले अन्य सेवाहरु जस्तैः निःशुल्क भिसा डेविट कार्ड निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क मोबाइल बैंकिङ्ग/एस.एम.एस. अलर्ट, निःशुल्क डिम्याट खाता, निःशुल्क आस्वा र सि–आस्वा सुविधाहरु र १ वर्षको लागि लकर सुविधामा ५०% छुटको लाभ उठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकद्वारा (क) वर्गको इजाजत प्राप्त नेपाल बङ्गलादेश बैंक जुन १९९४ मा २४ करोडको पूँजी र ६ करोडको चुक्ता पूँजी सहित बङ्गलादेशको आईएफआईसी बैंकसंग संयुक्त उद्यमी बैंकका रुपमा स्थापना भएको थियो ।

प्रमुख कार्यालय कमलादीमा रही ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ्ग र ४३ वटा ए.टी.एम. बुथ सहित नेपाल बङ्गलादेश बैंक सञ्चालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले २४ वर्षको अथक प्रयास र हामीले प्रदान गर्दै आइरहेको सेवा प्रति गर्व गर्दै विभिन्न आर्थिक अस्थिरतामा पनि हाम्रो विचारधारा ‘सबैका लागि बैंक’ भन्दै मार्गदर्शन आइरहने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप