मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दाङसिङ माविको भवन बन्ने पक्का

शुक्रबार, २६ असोज २०७५, १९ : ४२
शुक्रबार, २६ असोज २०७५

काठमाडौं । नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नम्बर १, दाङसिङमा अवस्थित दाङसिङ माविको पक्की भवन निर्माणका लागि दाताहरु जुटेका छन् । 

बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल, गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानीय सामाजिक अभियन्ता शिव अधिकारी (अविरल) र स्वीस नागरिक रोय फ्रान्सिज्लगायतको टोली बुधबार (घटस्थापनाको दिन) सो विद्यालयमा पुगेर पक्की भवन निर्माण गरिदिने घोषणा गरेको छ ।

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त उक्त विद्यालयको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालले स्वीस नागरिक रोय फ्रान्सिज्को आर्थिक सहयोगमा ७ कोठे पक्की भवन निर्माण गर्ने घोषणा गरे । 

लम्सालका अनुसार उक्त भवनमा ६ वटा कोठा र अत्याधुनिक हटसावरसहितको बाथरुम, शौचालय बन्नेछ । उक्त भवन निर्माणका लागि करिब ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा बोल्दै अधिकारीले आफ्नो तारकेश्वर विकास र सम्बृद्ध गर्ने अभियान निरन्तरतास्वरुप यो विद्यालयको भवन निर्माण गर्न लागिएको बताउँदै यस कार्यमा सहयोग र सहकार्य गर्न आग्रह गरे ।

उनले विकास निर्माणमा आफुले राजनीतिक रङ्ग दिएर काम नगर्ने आफ्नो स्वभाव रहेको भन्दै विकासको लागि राजनीतिभन्दा माथि उठेर सबैले आआफ्नो तहबाट योगदान गर्न सबैलाई आग्रहसमेत गरे ।

टोलीले सोही कार्यक्रमबीच विद्यालयका छात्रछात्राहरुलाई जाडोमा लगाउने पञ्जा, टोपीलगायतको समाग्री वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप