शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलजी को ५५ र ६५ इन्चको युएचडी टिभी को माग बढ्यो

आइतबार, २८ असोज २०७५, १९ : ३३
आइतबार, २८ असोज २०७५

काठमाडौं । एल.जी. ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्सले चाड पर्वको आगमनसँगै एलजी को ५५ र ६५ इन्चको युएचडी टि.भी.को मागमा अत्याधिक बृद्धि भएको जनाएको छ ।

साथै ४९ र ४३ इन्चको युएचडी टि.भी.हरुको माग पनि अत्याधिक रहेको छ । एलजी को युएचडी टि.भी.हरुमा ४के पिक्चर डिस्प्ले रहेको छ ।

त्यसैगरी म्याजिक मोसन रिमोट कन्ट्रोल, २० वाट साउण्ड, फ्रि नेट टि.भी. र सजिलो अपरेटिङ सिस्टम सहितको विशेषताहरु रहेको छ ।

एल.जी.का टि.भी.हरुमा ६५ इन्चको मूल्य २,६७,९९०, ५५ इच्नको १,६१,९९०, ४९ इन्चको १,३७,९९० र ४३ इन्चको ८८,९९० रहेको छ । साथै यी टि.भी. हरुमा आकर्षक हात खाली नहुने उपहारहरुपनि पाईने एल.जी.ले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप