शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा.शर्माको घोषणाप्रति पूर्वउपप्रधानमन्त्री गच्छदारद्धारा मञ्चबाटै स्वागत र समर्थन

आइतबार, २८ असोज २०७५, १९ : २८
आइतबार, २८ असोज २०७५

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशव्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । 

१ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्माले थारु आईकन फाईनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् । 

‘हिन्दी फिल्मका चर्चित नायक;नायिका भन्दा कम छैनन् थारु युवा युवतीहरु’ प्रतिस्पर्धीहरुप्रति लक्षित गर्दै डा.शर्माले भने, ‘देशभरका गाउँ–गाउँमा ओझेल परेका यस्ता प्रतिभालाई उजागर गर्ने काममा सहयोग गर्न तयार छु ।’

यसैबीच डा.शर्माको यो घोषणालाई पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्वागत र समर्थन जनाएका छन् । कार्यक्रममा बोल्दै गच्छदारले भने, ‘थारु समुदायका लागि डा.सुनिल शर्माले गरेको यो घोषणा स्वागत र सम्मान योग्य छ ।’ 

डा.शर्माले थारु आईकनमा सहभागि मध्ये एक जनालाई स्टाफनर्स निःशुल्क पढाईदिने यसअघि नै घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप