शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंकको देशभर ६ स्थानमा एटीएम सेवा विस्तार

आइतबार, २८ असोज २०७५, १९ : २७
आइतबार, २८ असोज २०७५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ । 

बैंकले काठमाडौको सितापाइलास्थित वाफलमा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडी, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केटमा, रसुवाको धुन्चे एक्सटेन्सन काउन्टर तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरेको छ । 

स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा विस्तार गरिएको बैंकले जनाएको छ । यीसंगै नेपाल इन्भेष्टमेण्ट बैंक लि.को एटिएम संख्या १०७ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप