अब पोखरामा पनि सिप्रदी अर्थमूभर्सको शाखा कार्यालय
काठमाडौं । नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारीक वितरक सिप्रदी अर्थमूभर्स प्रा.लि.ले देशैभरी आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा हालै मात्र पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा र्कायालयको उद्घाटनमा सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी अर्थमुभर्स प्रा.लि.का उपमहाप्रबन्धक राजेन्द्र कार्की, टाटा हिटाचीका अन्तर्राष्ट्रिय व्यवसाय निर्यात प्रमुख जयकारा कलमाडी तथा हेभी इक्युमेन्ट महासंघ नेपालका अध्यक्ष तारा बहादुर कुँवरको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै सिप्रदीका प्रमुख सञ्चालन अधिकृत गिरीले आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्न आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय खोलि बिक्री पश्चातको सेवा अझ प्रभावकारी तथा परिष्कृत गर्दै लैजाने प्रतिबद्वता व्यक्त गरे । ग्राहकको सन्तुष्टि नै संस्थाको मुख्य उदेश्य रहेको समेत उनले बताए ।
कार्यक्रममा विभिन्न निर्माण व्यवसायी, क्षेत्रिय हेभी इक्युमेन्ट संघका पदाधिकारीहरु र क्रसर व्यवसायी संघको पनि उपस्थिती रहेको थियो ।
सिप्रदी अर्थमुभर्स प्रा.लि.ले विगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी