शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् ७ सय ४४ स्थानीय तहका साविकमा सञ्चालित बजेट विनियोयन तथा तर्जुमा गर्नुपर्ने कार्यक्रमहरु

शनिबार, ०७ साउन २०७४, १४ : २७
शनिबार, ०७ साउन २०७४

काठमाडौं –संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा बजेट विनियोजन गर्ने कार्यक्रमको नमुना सुचि सार्वजनिक गरेको छ । 


विभिन्न मन्त्रालयसँग सम्बन्धित रहेका साविकका कार्यक्रमहरु सार्वजनिक गर्दै सोही ढाँचा बमोजिम बजेट बिनियोजन गर्न सकिने मन्त्रालयले जनाएको छ । 


मन्त्रालयले विभिन्न मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयगत कार्यालयहरुबाट सञ्चालित कार्यक्रमहरु मध्ये केही कार्यक्रमरु वित्तीय समानीकरणको रकममा समाहित भई स्थानीय तहमा हस्तान्तरण भइसकेको र केही कार्यक्रमहरु सशर्त अनुदानको रुपमा एकमुष्ट पठाइएको जनाएको छ ।


 यस सम्बन्धमा कतिपय स्थानीय तह र जिल्ला समन्वय समितिमा स्पष्ट जानकारी नभएर अन्यौलता बढेको भन्दै योजना–कार्यक्रम सूचि जारी गरेको हो । 


शुक्रबार सचिवस्तरको निर्णयबाट स्थानीय तहले निम्न बमोजिमका कार्यक्रमहरु वित्तीय समानीकरणको रकममा समाहित भएको जनाउँदै साविकमा सञ्चालनमा रहेका क्रमागत र नियमित कार्यक्रमहरु जिल्ला स्थित विषयगत कार्यालयहरुसँगको समन्वयमा आवश्यक बजेट तथा कार्यक्रम बनाइ कार्यान्वयन गर्न सकिने भनिएको छ । 


वित्तीय समानीकरण अनुदानभित्र समाहित भएका साविकका बजेट शीर्षक र कार्यक्रमहरु 
१) संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अन्र्तगतबाट साविकमा सञ्चालित कार्यक्रमहरु
–बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति( पूँजीगत सुधार खर्च, गुम्बा निमार्ण  र मर्मतको बजेट)
–आदिवासी जनजाती उत्थान प्रतिष्ठान(कार्यक्रम खर्च)
–उपेक्षित उत्पिडित र दलित वर्ग उत्थान विकास समिति 
–फोहोरमैला व्यवस्थापन प्राविधिक केन्द्र
–गाँउ विकास समिति अनुदान 
–नगरपालिका अनुदान 
–ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम 
–स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम 
–विकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन आयोजना
–नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम
–साना सिंचाई, नदी नियन्त्रण तथा अन्य पूर्वाधार 
–सुनौला हजार दिन 
–स्थानीय सडक सुधार कार्यक्रम
–वातावरणमैत्री स्थानीय शासन कार्यक्रम 
–आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक
 वन मन्त्रालय र अन्र्तगतबाट साविकमा सञ्चालित कार्यक्रमहरु 
–जडिबुटी विकास कार्यक्रम 
–वृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रम 
–सामुदायिक तथा कबुलियती वन विकास कार्यक्रम 
–स्थानीय स्तरमा सञ्चालन हुने भू–संरक्षण कार्यक्रम 
–सामुदायिक विकास तथा वन÷जलाधार संरक्षण कार्यक्रम 
सिंचाई मन्त्रालय र अन्र्तगतबाट साविकमा सञ्चालित कार्यक्रमहरु 
–भूमिगत स्यालो ट्यूवेल
–सिंचाई मर्मत संभार आयोजना
–नयाँ प्रविधीमा आधारित सिंचाई आयोजना 
–समृद्ध तराई मधेस सिंचाई विकास विशेष कार्यक्रम 
–स्थल विशेष नदी नियन्त्रण कार्यक्रम
–टार बजार संरक्षण कार्यक्रम 
सहरी विकास मन्त्रालय र अन्र्तगतबाट साविकमा सञ्चालित कार्यक्रमहरु 
–क्षेत्रीय तथा पर्यटकीय महत्वका सडकहरु 
–अन्य सहरी सडक निमार्ण तथा सुधार 
–वागवानी विकास कार्यक्रम 
–आलु तरकारी तथा मसलाबाली विकास कार्यक्रम
–मत्स्य विकास कार्यक्रम 
–बाली विकास कार्यक्रम 
–कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास कार्यक्रम 
–सहकारी खेती, साना सिंचाई तथा मल विउ ढुवानी कार्यक्रम 
–प्रधानमन्त्री कृषि आधुनिकरसण परियोजना 
–कर्णाली अञ्चल कृषि विकास कार्यक्रम 
–कृषि प्रसार कार्यक्रम 
पशु विकास मन्त्रालय र अन्र्तगतबाट साविकमा सञ्चालित कार्यक्रमहरु 
–बङ्गुर तथा कुखुरा पालन सहकारी कार्यक्रम 
–पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम 
–पशु आहार विकास कार्यक्रम 
–पशु स्वास्थ्य नियमन कार्यक्रम 
–पशु सेवा प्रसार कार्यक्रम 
–कर्णाली अञ्चल पशु विकास कार्यक्रम 
–नेपाल एकीकृत व्यापार रणनीति 
–पशु विकास सेवा कार्यक्रम 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप