शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल

आइतबार, २८ असोज २०७५, १८ : ५०
आइतबार, २८ असोज २०७५

काठमाडौं । राजधानीको सुन्धारामा केही दिन पहिले सञ्चालनमा आएको सिटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको छ । मोबाइल हबको सुरुवातका साथै दशैं लक्षित धमाका अफरमा मोबाइल किन्नेहरुको भिड लागेको हो ।

मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्य मानिएको मोबाइल हबमा निःशुल्क पार्किङको सहज व्यवस्था भएकाले पनि ग्राहकको भीड लागेको हो । मोबाइल हबले ६० प्रतिशतसम्मको छुटमा विभिन्न ब्राण्डका मोबाइलहरु बिक्री गरिरहेको छ । 

दशैं धमाका साथै अफरभित्र पनि अफर नामक मोबाइल मेलामा शुन्य प्रतिशत ब्याजदर किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको छ । हात खाली नजाने उपहारका कारण पनि मोबाइल मेलामा सेवाग्राहीको विशेष आकर्षण देखिएको हो । 

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा अफर मेलाको अर्को आकर्षण बनेको छ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोवाइल वितरण भैरहेको छ । 

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलोपटक फरक अवधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप