शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षीय बालक अपहरण गरी हत्या गर्ने दुई जना पक्राउ

आइतबार, २८ असोज २०७५, ०७ : ३२
आइतबार, २८ असोज २०७५

बारा । बालक अपहरण गरी हत्या गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हरेन्द्र कुमार कुशवाहा र श्याम बैठा रहेका छन् । 

उनीहरुले बारा सिम्रौनगढ नगरपालिका–३ नयका टोलको धनेश्वर प्रसाद यादवको ६ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । 

बालक अपहरण भएको मौखिक सूचना पाउनासथ प्रहरीले बालकको खोजीकार्य तिब्र पारेको थियो । प्रहरीले उनीहरुलाई लिखित हुलिया निवेदनको आधारमा पक्राउ गरेको हो । 

प्रहरीको अनुसार मृतक यादव २०७५ असोज २४ गते साँझ ४ बजेबाट नयकाटोलास्थित गाउँघरबाटै हराएका थिए । मृतक यादवको शव असोज २७ गते राति ९ बजे भेटिएको हो । 

अपहरण गरेको भोलिपल्टै बिहानै मृतकका बुबा धनेश्वरसँग उनीहरुले दश लाख फिरौती मागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायाब उपरिक्षक रन्जित सिंह राठौरले बताए । 

अपहरण गरी उनीहरुले मृतक यादवलाई सोही दिन राती बाँही जंगल नजिक हातखुट्टा र मुख बाँधी धान खेतमा लुकाई छिपाई मारेर सोही बाँही जंगलभित्र फालेको प्रहरी अनुसन्धानमा खुलेको प्रवक्ता समेत रहेका राठौरले जानकारी दिए । 

पक्राउ परेका उनीहरुमाथि कर्तव्य ज्यान मुद्दासम्बन्धी थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप